• HOME
  • NEWS
  • ENTERTAINMENT
  • FINANCE
  • SPORTS
  • LITERATURE
  • ARTICLES
  • MOVIE
  • FASHION
  • FOOD
  • DOWNLOADS
श्रावण १९, २०७३- कुनै अप्रत्यासित घटना आइनपरे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार प्रधानमन्त्री चुनिँदैछन्। प्रधानमन्त्रीका लागि संसद्‍मा हुने मतदानका लागि दाहालको मात्रै उम्मेदवारी परेको छ। 

मंगलबार बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकोमा दाहालले साढे ११ नबज्दै उम्मेदवारी दर्ता गराएका थिए। प्रस्तावक कांग्रेस सभापति शेरबहादुर देउवासहित संसद् भवन नयाँ बानेश्वर पुगेर दाहालले उम्मेदवारी दर्ता गराएका हुन्। संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदका लागि एक मात्रै उम्मेदवारी परे पनि अन्य पदमा जस्तो निर्विरोध घोषणा हुँदैन। एक मात्रै उम्मेदवारीको अवस्थामा प्रस्तावको पक्ष/विपक्षमा मत विभाजन (सांसदको वर्णानुक्रमअनुसारको नामावलीमा हस्ताक्षर गर्ने) प्रक्रिया अपनाइन्छ। यस्तो प्रक्रियामा संसद्मा तत्काल बहाल रहेको कुल सदस्य संख्याको बहुमतको समर्थन प्राप्त भएपछि मात्रै प्रधानमन्त्री निर्वाचित भएको घोषणा हुन्छ। 


http://bit.ly/2aHdQUf

घटना एकः

सोमबार विहान अफगानिस्तानको राजधानी काबुलमा नेपाली सवार बसमा आत्मघाती आतंकवादी हमला भयो । उक्त हमलामा १२ नेपाली, दुई भारतीय नागरिकसहित १४ जनाको मृत्यु भयो । पाँच नेपालीसहित ९ जना घाइतको अहिले उपचार भइरहेको छ ।

घटना दुईः

सन २००४ अर्थात २०६१ साल भदौ १६ गते इराकमा १२ नेपाली नागरिकको निमर्मतापूर्वक हत्या गरियो । रोजगारीका लागि इराकमा काम गर्न पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इश्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो । इराकमा भएको हत्याकाण्डपछि नेपाली र मृतकका आफन्तले राजधानीमा रहेका मेनपावरमा आक्रमण गरे ।

ती देउवा, यी केपी

इराकमा १२ नेपालीको निर्मम हत्या हुँदा नेपाली कांग्रेसको नेतृत्वमा सरकार थियो । प्रधानमन्त्री थिए, अहिलेका सभापति शेरबहादुर देउवा । श्रमराज्यमन्त्री थिए, डा. प्रकाशरण महत । त्यो बेला परराष्ट्र इराक तथा अफगानिस्तानजस्ता युद्धग्रस्त मुलुकमा बैधानिक रुपमा प्रबेशाज्ञा बन्द थियो । तर, हजारौँ नेपाली धन कमाउन त्यहाँ पुगेका थिए । पुगेका मध्ये १२ जना मारिए, उनीहरुको शव ल्याउन सरकारले सकेन् । अहिले जसरी सरकारले नै जहाज पठाउने त कहाँ हो कहाँ ? देउवा सरकार दुई हप्तासम्म हेरेको ह¥यै भयो । यता, काठमाडौँ भने जलेको थियो । अधिकांश सबै म्यानपावरमा तोडफोड तथा आगजनी भएको थियो ।
इराकमा नेपाली मारिँदा शव ल्याउन झण्डै दुई हप्ता लागेको थियो, तर अहिले प्रधानमन्त्री ओलीले दुई दिन नबित्दै आफ्नै देशको जहाज पठाएर शव स्वदेशमा ल्याए । विमानस्थलमा पुगेर आफैले श्रद्धाञ्जलिमात्रै दिएनन्, घरसम्मै लैजान सहयोग पनि गरे ।
फरक यत्ति मात्र हो– अहिले १२ जनाको ज्यान जाने गरी आफगानिस्तानको काबुलमा भएको आतंककारी घटना हुँदा नेकपा एमालेको नेतृत्वमा सरकार छ । प्रधानमन्त्री छन् एमालकै अध्यक्ष केपी शर्मा ओली । १२ नेपालीको ज्यान जाने घटनापछि ओलीले नेपालकै इतिहासमा पहिलोपटक मृतक नेपालीको शव ल्याउन राष्ट्रिय ध्वजावाहक जहाज चार्टर्ड गरेर पठाउने निर्णय गरे । विमानस्थलमै पुगेर मृतकका आफन्तलाई भेटे, सान्त्वना दिए । मृतकका शव बुझ्ने काम पनि गरे । यति मात्रै होइन् मृतकको शवलाई घरसम्मै पुगाएर परिवारको जिम्मा लगाउने काम पनि ओलीले नै गरे ।
अवैधानिक रुपमा भारत तथा संयुक्त अरब इमिरेट्सलाई ट्रान्जिट बनाइ इराक र अफगानिस्तान प्रबेश गर्नेको भीड नै छ । यसरी सरकारी नियमावली अवज्ञा गर्दै अबैधानिक भएर गएकाहरुप्रति सरकार र राजदूताबासको पूर्णतः कुनै जिम्मेवारी तथा दायित्व हुँदैन ।
Kp-oli-airport-2
तर, वर्तमान ओली सरकारले कुनै ढोँग देखाएनन् । न त वैधानिक र अवैधानिक भनी बिल्ला नै लगाए । बरु, घटनाको १२ घन्टाभित्र पाकिस्तानी राजदूताबासका काउन्सिलरलाई काबुल पठाई घटनाको अनुसन्धान गरी संसदमा घटनाको तथ्य बिवरण पेश गरियो ।
अझ् अफगानिस्तानमा नेपाली मारिएको एक घण्टा नबित्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत नेपाललाई सहयोग गर्न तयार रहेको बताएको थिए । अफगानिस्तानमा मृतक तथा घाइते नेपालीलाई नेपाल ल्याउन सघाएर मोदीले नेपालीको मन जित्न तथा सहानुभूति बटुल्न खोजेका थिए । तर, ओलीले मोदीलाई गुहार गरेनन् । बरु आफैले पाकिस्तानबाट नेपाली अधिकारीलाई घटनास्थलमा पठाए । नेपाली वायुसेवा निगमको जहाज झण्डा फहराउँदै अफगानिस्तान पुग्यो । विपतको बेला नेपाल आफैले पनि सामना गर्न सक्छ भन्ने प्रमाणित गरेर ओलीले देखाइदिए ।
भारतलाई नगुहारे आफ्नै देशको जहाज प्रयोग गरी मृतकहरुको शव लिएर आउने निर्णय पनि २४ घन्टा भित्रै भयो । अबैधानिक भएपनि आफ्ना नागरिकप्रतिको दायित्व बहन गरी ओली सरकारले नैतिकताको इज्जत पनि राखे । र, नेपालीको शिर अझै उचो बनाए । नागरिकप्रति राज्य सम्वेदनशील भन्ने महसुस पनि ओलीले गराउन सफल भएका छन् । उनले प्रवासमा रहेका लाखौँ नेपालीको सहानुभूति र सम्मानमात्र पाएका छैनन्, सामाजिक सञ्जालमा उनको खुबै तारिफ र प्रशंसा भइरहेको छ । अझ प्रधानमन्त्री आफै बिमानस्थल पुगेर मृतक शरीरमात्र निहुरेर नमस्कार गर्दै सम्मान प्रकट गरेपछि ओलीमाथि धेरै नतमस्तक देखिएका छन् ।
नेपालीहरु दैनिक हजारौँको संख्यामा विदेशिने गरेका छन् । धेरै बाध्यताले विदेशिएका छन्, थोरैमात्र छन्, रहरले विदेशिने । आफ्ना परिवारलाई सुखसयलमा राख्ने सपना देख्दै विदेशमा जस्तोसुकै जोखिम मोलेर नेपालीले काम गरिरहेका छन् । उनीहरुले पठाएको रकमबाट परिवारमात्र होइन्, राज्य संचालनमा रेमिट्यान्सले महत्वपूर्ण भूमिका खेलेको छ । सँधै हेपिएका तर राज्यको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेका प्रवासी नेपालीहरुलाई प्रधानमन्त्रीले जुन सम्मान देखाएका छन्, यसले धेरै नेपालीले हर्षको आँशु बगाएका छन् ।

काठमाण्डु, ६ असार– प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनिल आचार्य नेपाल प्रहरीका एसपी डा. सुवास आचार्यका भाई हुन् । डा. सुवास नेपाल प्रहरीको अस्पातालमा कार्यरत छन् । त्यस्तै जोरपाटिको अम्दा नेपालमा कार्यरत निलिमा खड्का महत नुवाकोट कांग्रस नेताहरुका बहारी हुन् ।
प्रहरी अधिकारीका अनुसार श्रीमान श्रीमतीलाई पनि आफ्ना जिवनसाथीको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने थाहा थिएन । ‘यसको प्रमाणपत्र नक्कली छ भन्ने थाह भएको भए बिहे नै गर्ने थिइनँ,’आफ्नी श्रीमती पक्राउ परेपछि उनका श्रीमान सिआइबीमा पुगेर यस्तो गुनासो गर्दै थिए ।
पक्राउ परेका ३६ मध्य ६ जना महिला छन् । नवराज मैनाली काठमाण्डु, ६ असार प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हाजार पाँच सयमध्य डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ ।
त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक १० वटा जिल्लामा अपरेशन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो । जसमा प्रतिष्ठित चिकित्सक समेत छन् । उनीहरुलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ । ‘हाम्रो अनुसन्धानमा करिव १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन्, ‘हामीले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गर्दै छौँ ।’ नयाँ पत्रिकाबाट

असार ४ – पोर्चुगल शनिबार राति युरोकप अन्तर्गत आफ्नो महत्वपूर्ण खेलमा अस्ट्रियासँग खेल्दैछ । राति पौने एक बजे पेरिसमा हुने खेलमा पोर्चुलगलाई अन्तिम १६ मा प्रवेशका लागि यो खेल जित्नु पर्ने हुन्छ । समूह एफमा रहेको पोर्चुगल आफ्नो पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएकाले यो खेलमा जित आवश्यक छ । अस्ट्रियाका लागि पनि यो खेल उत्तिकै महत्वपूर्ण छ । अस्ट्रिया पहिलो खेलमा हंगेरीसँग २–० ले हारेको थियो । पेरियामा पोर्चुगिजको बसोबास धेरै रहेकाले पोर्चुगलले दर्शकको साथ बढी पाउने छ ।

फर्नान्डो सान्टोस (पोर्चुगलका प्रशिक्षक)

अस्ट्रिया बलियो टिम हो । फिफा बरियतामा उनीहरु उत्कृष्ट १० भित्र छन्, यसले नै अस्ट्रिया कत्तिको बलियो टिम हो भन्ने स्पष्ट हुन्छ । गएको चार पाँच वर्षमा उनीहरुले आफ्नो फुटबललाई निकास विकास गरेका छन् र स्तर कायम राखेका पनि छन् । उनीहरु एट्किङमा बलिया छन् ।
यस्तै प्राविधिक क्षमता भएका खेलाडी हुनु उसको बलियो पक्ष हो । आइसल्याण्ड भन्दा निकै भिन्न टिमसँग हामी खेल्दै छौं । सबै खेलाडी उत्कृष्ट रहेकाले हामीले जितका लागि अस्ट्रियाको सबै खेलाडीमा निगरानी राख्नु पर्छ । आइसल्याण्डसँगको खेलमा गरेको राम्रो पक्षलाई कायम राखेर भएका गल्तिलाई सुधार गर्ने प्रयास गरेका छौं ।

मार्सेल कोल्लेर (अस्ट्रियाका प्रशिक्षक)

हामीले हंगेरीसँगको हारबाट केही सिकेका छौं । हामीले हंगेरीसँगको खेललाई विश्लेषण गरेर पोर्चुगलसँगको खेलमा त्यसलाई नदोहो¥याउने प्रयासमा हुने छौं ।
यो खेलमा हाम्रा लागि प्रतियोगितामा रहने अवसर हो । पोर्चुगल रोनाल्डोमा मात्रै होइन भन्ने हामीलाई थाहा छ । उसका सबै खेलाडी उत्कृष्ट छन् ।

रोनाल्डोको कीर्तिमानी खेल

रोनाल्डोले यो खेलबाट कीर्तिमान बनाउँदै छन् । रोनाल्डोको यो खेल राष्ट्रिय टिमबाट एक सय २८ औं सहभागीता हो । उनले योसँग लुइस फिगोको कीर्तिमान भंग गर्ने छन् ।


४ असार । उत्तर कोरियाका शासक किम जोङ उनको मृत्युको खबरपछि शुक्रबार दक्षिण कोरियन शेयर मार्केटमा उथल-पुथल नै आयो । डिफेन्स इन्डस्ट्रीसँग सम्बन्धित शेयरमा ९ प्रतिशतसम्मको वृद्धि देखियो ।
यद्यपी दक्षिण कोरियन आर्मीका चिफले यो खबरलाई ‘अफबाह’ भन्दै विश्वास नगर्न अपिल गरिसकेका छन् ।

कसरी सुरु भयो अफबाह ?

‘इष्ट एशिया ट्रब्यून’ नामक वेबसाइटले सबैभन्दा पहिलो यो खबर प्रकाशित गरेको थियो । सो वेबसाइटले उत्तर कोरियन टिभी KCTV लाई स्रोतकारुपमा उद्धृत गरेको थियो ।
वेबसाइटका अनुसार शुक्रबार दिउँसो २ बजे (स्थानीय समय) प्योङयाङको पोन्टोगग्याममा किममाथि हमला भयो । किम सो समय पोन्टोङ नदीको किनारमा एक कार्यक्रममा सहभागी थिए ।
त्यसक्रममा एक महिला कुदेर किमको नजिक आइन । सुरक्षाकर्मीले उनलाई रोक्दै थिए, तर उनले आफूले लगाएको सुसाइट बेल्ट विस्फोट गराइन् । रिपोर्टमा भनिएको थियो, ‘विस्फोटबाट गम्भीर घाइते भएका किमलाई तत्काल नजिकको अस्पतालमा लगियो । तर अस्पताल पुग्दा उनको मृत्यु भइसकेको थियो ।
रिपोर्टमा डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरियाको नयाँ लिडर को हुनेछ भन्ने पक्का भइसकेको छैन, स्टेट मिडिया यसविषयमा मौन छ भनिएको थियो ।
यद्यपी दक्षिण कोरिया किम जीवितै रहेको निष्कर्षमा पुगिसकेको छ । उनीहरुको खुसी केही घण्टा पनि टिक्न पाएन । श्रोत साझा पोस्ट बाट
असार ४, २०७३- मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ चण्डीभन्ज्याङको पाँचकिलो भन्ने स्थानमा पहिरो खस्दा मुग्लिन–नारायगढ सडक बिहानदेखि अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र हमालका अनुसार पहिरो खोल्न अझैं ५–६ घण्टा लाग्छ ।
उनले पहिलो खोल्ने प्रयास जारी रहेको बताए । अझैं पनि पहिरो खस्ने क्रम जारी छ ।
बिहान ७ बजेदेखि सडक अवरुद्ध हुँदा धादिङको जवान खोलासम्म सवारीको लाम लागेको छ ।


http://bit.ly/1Y0rFRz
ओली–भट्टराई घोचपेच
नयाँ शक्ति स्थापना घोषणा सभामा अपराहन पुगेका प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगमा दुई सय पार्टी दर्ता भइसकेकाले राष्ट्रिय विकासमा फरक र सकारात्मक भूमिका खेल्ने पार्टीलाई स्वागत गर्ने बताए ।
‘भर्खर बन्दै गरेको पार्टीले यो गरेन, ऊ गरेन भन्न मिलेन, बनिसकेपछि के–के गर्छ त्यो हेर्नुपर्छ,’ ओलीले ठटयौली भाव उसैगरी देखाए, ‘आजको यो भेला देख्दा म स्पष्टै छु, म सम्भावना पनि देख्छु, नयाँ शक्तिले एमालेबाहेक सबै पार्टीलाई धक्का दिन सक्छ ।’ नयाँ संविधानले कुनै पनि भूगोल, भाषा, जातिको नेपालीलाई विभेद नगरेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्ट पक्षसँग वार्ताका लागि आइतबार फेरि पत्र पठाएको जानकारी दिए ।
ओलीपछि बोलेका भट्टराईले नयाँ शक्तिले कुनै पनि दलका मानिस तानेर दल बनाउन नखोजेको प्रस्टीकरण दिए । आगामी चुनावमा पहिलो शक्ति बनेर देशको नेतृत्व गर्नेसमेत चुनौती दिए । ‘प्रधानमन्त्रीज्यूले भर्खरै बोलेर जानुभयो, तर हामी कुुखुराजस्तो भुइँ खोस्रने होइन, चीलजस्तो आकाशमा कावा खाने पार्टी बन्न चाहन्छौं,’ उनले जवाफ फर्काए, ‘कुनै पनि दलका सदस्य भएकै आधारमा तान्ने हाम्रो नीति छैन, हामी नयाँ विचार लिएर हिँड्छौं, त्यसलाई कसैले रोक्न सक्दैन ।’
देउवा आए, दाहाल आएनन्
घोषणा सभामा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आर्थिक समृद्धिका लागि वातावरण बनाउन आग्रह गरे । ‘लोकतन्त्र आइसकेको छ, अब आर्थिक विकासका लागि राजनीतिक स्थिरता कायम गरौं,’ देउवाले भने, ‘नयाँ शक्तिले आर्थिक विकासका लागि जोड दिएको राम्रो हो, यसका लागि लगानीको वातावरण चाहिन्छ, बन्द/हडतालले त्यो वातावरण बिथोलेको छ ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने बाँके, बर्दियातिर रहेकाले अनुपस्थित रहे । महासचिव कृष्णबहादुर महराले राजनीतिक कमान्ड दह्रो बनाउन सके आर्थिक समृद्धि हुने भन्दै भट्टराईलाई शुभकामना दिए । भट्टराईले गत असोज ९ गते माओवादी परित्याग गरी नयाँ शक्ति घोषणा गरेका हुन् । कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरि, सुरेन्द्र चौधरी, समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, राप्रपा नेता सुनील थापा, राप्रपा नेपाल नेता सुशील श्रेष्ठ, नागरिक अगुवा सुन्दरमणि दीक्षितलगायतले बोलेका थिए ।
भारतबाट आएका नेसनलिस्ट कंग्रेस नेता डीपी त्रिपाठी, जनता दल युनाइटेड नेता केसी त्यागी, बहुजन समाज पार्टी प्रवक्ता सुधीन्द्र भदोरिया, पत्रकार आनन्दस्वरूप बर्माले पनि शुभकामना दिए । ब्राजिलकी राजदूत मारिया टेरेसा पेसोवाले पनि बोलेकी थिइन् । भारतीय राजदूत रणजित राय उपस्थित थिए भने चीन, अमेरिकाका भने प्रतिनिधि सहभागी थिए ।
 
सहभागीमा मधेसी र अल्पसंख्यक बढी

नयाँ शक्तिको घोषणा सभामा मधेसी, जनजाति र अल्पसंख्यकको उल्लेख्य सहभागिता थियो । गाडी भाडामा लिएर सहभागीलाई राजधानी ल्याइएको थियो । दलित, थारू, तामाङ, तेस्रो लिंगीलगायत अल्पसंख्यकहरू जुलुससहित सहभागी थिए । परम्परागत ढंगले मञ्चमा कुनै अतिथि राखिएन ।
भित्तेलेखन नगरिएको सभामा निर्मित मञ्चको सजावट डिजिटल प्रविधि अंगालिएकाले छरितो देखिएको थियो । सोमबार र मंगलबार कमलादीमा आयोजना हुने छलफल सत्रले आगामी योजना बनाउने नयाँ शक्ति अन्तरिम केन्द्रीय परिषद् सदस्य डम्बर खतिवडाले बताए ।


जेष्ठ ३०, २०७३- नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले २५ वर्षभित्र समृद्ध नेपाल बनाउने गरी आफ्नो दलले काम थाल्ने घोषणा गरेका छन् । आइतबार राजधानीको दशरथ रंगशालामा पार्टी स्थापना घोषणा सभामा बोल्दै भट्टराईले राजनीतिक क्रान्तिका लागि आजसम्म संघर्ष भएकाले अब आर्थिक समृद्धिमा केन्द्रित हुने बताएका हुन् ।
‘पहिलो चरणमा भूगोल निर्माण र दोस्रो चरणमा राजनीतिक अधिकार प्राप्त भयो, अब तेस्रो चरण आर्थिक विकास र समृद्धिको हो,’ उनले पार्टी घोषणा गर्दै भने, ‘मैले पीएचडी गर्दा मेरी निरक्षर आमाले त्यसलाई भन्नसमेत नजानी बित्नुभयो । मेरी छोरी र तपाईंहरूको पुस्ताका लागि अब काम गर्छु । म जे बोल्छु, त्यो पूरा गर्छु ।’ प्राय: भाषणहरूमा औपचारिक शैलीमा प्रस्तुत हुने गरेका भट्टराईले पार्टी घोषणा मन्तव्यभरि अनौपचारिक संवाद गरिरहे । गोरखामा जन्मेको सामान्य किसानको छोरो प्रधानमन्त्री पदमा पुगिसकेकाले अब आफूलाई थप पाउन केही बाँकी नरहेकाले युवा पुस्ताका लागि सबै योगदान गर्न तयार रहेको उनको भनाइ थियो ।
‘आर्किटेक्ट हुँ । धेरैका घर बनाएको छु । आजसम्म आफ्नो घरचाहिँ बनाएको छैन, हरेक नेपालीको घर बन्ने दिन नआउँदासम्म बाबुरामले निजी सम्पत्ति र घर जोड्ने छैन,’ उनले माहोललाई आफूतिर खिचे, ‘मेरी छोरी यही देशमा बसून् । म बूढो हुँदा विदेशिएका छोराछोरीको मुख हेर्न नपाउने दिन देख्नु नपरोस् । समृद्ध नेपालका लागि यो मेरो भीष्म प्रतिज्ञा भयो ।’
भट्टराईले १० वर्षको सशस्त्र युद्धका बेला धेरै घाउचोट लागे पनि अब त्यो इतिहासलाई छाडिदिएको बताए । उनले माफीका शब्द उच्चारण गरेनन्, युद्धका विषय सत्य निरूपण तथा मेलमिलाप आयोगले निरूपण गर्ने, आफूलाई त्यसको निर्णय मान्य हुने बताए । ‘बाबुरामले माओवादीसँगै सहिद, घाइते, बेपत्ता छाड्यो भन्ने परेको होला, त्यस्तो होइन,’ उनले थपे, ‘पहिलो सहिद लखन थापादेखि आजसम्म सबै आन्दोलनका सहिद र बेपत्ताको जिम्मा हामी लिन्छौं ।’ कांग्रेस र एमालेले समेत सशस्त्र संघर्षको सहारा लिएको उनले चर्चा गर्दै अप्रत्यक्ष भाषामा आफूसमेतको नेतृत्व रहेको तत्कालीन माओवादीको युद्ध गलत नभएको टिप्पणी गरे ।
नयाँ शक्तिको राजनीतिक विचारधारा के हुन्छ भन्ने प्रश्न आफूले निरन्तर सामना गरिरहेको खुलाउँदै भट्टराईले समृद्ध नेपालका लागि अझै व्यापक छलफल गर्न तयार रहेको बताए । विचार कुनै धर्मशास्त्र नभएकाले नेपालको समृद्धिका लागि चाहिने जुनसुकै बहस गर्न खुला हुने विचार राखे । ‘संसारको कुनै पनि ताकतले नयाँ विचारलाई रोक्न सक्दैन, हामी परम्परागत बाटोमा छैनौं,’ उनले भने । भारत र चीनसँग सम्बन्धबारे बोल्दै उनले दुई ढुंंगाबीचको तरुल नभई दुई ठूला समुद्रबीच गतिशील पुल बन्नुपर्ने टिप्पणी गरे । उनले पूर्ण समानुपातिक व्यवस्थापिका र प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा आफ्नो अडान पुन: दोहोर्‍याए ।
नयाँ शक्ति घोषणा सभामा भाग लिन रंगशाला आएका कार्यकर्ता समर्थकलाई संयोजक भट्टराईले नौबुँदे शपथ ग्रहण गराए । शपथ ग्रहणको व्यहोरामा हरेक कार्यकर्ताले नयाँ शक्तिको सदस्य भएकामा गर्व गर्ने, लोकतन्त्र, संघीयता, समृद्धि, विकास र सामाजिक न्यायको सपना पूरा गर्न वचनबद्ध हुने, आफ्नै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्नेलगायत बुँदा छन् । ‘म सबै नेपाली जनताको समान पहिचान र स्वामित्वसहितको स्वाधीन समृद्ध समानुपातिक समावेशी सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद निर्माणका लागि क्रियाशील रहनेछु,’ शपथ ग्रहणमा उल्लेख छ ।
खुला मैदानमा सामूहिक शपथग्रहणलगत्तै सेता र राता रंगका बेलुन आकाशमा उडाइएको थियो । गायक रामकृष्ण ढकाल, ब्ल्यु डाइमन्ड सोसाइटीलगायत विभिन्न समूहका कलाकारले गीत/नृत्य प्रस्तुत गरेका थिए । नयाँ शक्ति नेतृ करिश्मा मानन्धर र नेता पासाङ शेर्पाले पालैपालो उद्घोषण गरेको कार्यक्रममा नेताहरू रामचन्द्र झा, परशुराम तामाङले बोलेका थिए । राष्ट्रिय गीतहरू र नयाँ शक्तिको गीत नृत्य कार्यक्रमका बीच–बीचमा बजिरहे । समारोहको झाँकीलाई आयोजकले ड्रोन उडाएर तस्बिरमा कैद गरेका थिए । आयोजकले र्‍याली निकालेर ट्राफिक प्रभावित नगर्ने बताए पनि जुुलुसका क्रममा राजधानीका सडक छिटफुट प्रभावित बने 
जेष्ठ २९, २०७३- १८ वर्षअघि ओमन छिर्नुअघि खोटाङकी शारदा तिवारीले ९ महिने काखे छोरालाई भाउजूको जिम्मा लगाइन् । चार र दुईवर्षे छोरीहरू साथीको घरमा छाडिन् । अहिले उनलाई घर फर्कन छोरीहरूको दबाब छ । भन्छिन्, ‘सपना पूरा गर्नलाई घर छोडिन्छ तर कसलाई थाहा हुन्छ कि एक दिन घर फर्कन नै सपना बनिदिन्छ ।’  अस्पतालमा दैनिक १६/१७ घन्टा काम गरेको देख्ने चिकित्सकहरू शारदालाई भन्ने गर्छन्, ‘तिमी यति  दु:ख किन गछ्र्यौ ।  आफ्नो कुरा किन  सरकारलाई भन्दिनौ ।’  जति दु:ख सामुन्ने आउँछ, उनलाई त्यति हाँस्न मन लाग्छ । आदत भइसक्यो उनलाई यो । ममी अब फेरि नजाने गरी घर फर्केर आउनुस् है,’ १८ वर्षीया छोरीले शारदा तिवारीलाई टेलिफोन गर्दा बारम्बार भन्ने गर्छिन्, ‘बालखदेखि नै हजुर हाम्रो साथमा हुनुभएन । सँगै बस्ने ठूलो रहर छ ।’ आमाको मन न हो, बहकिहाल्छ, तैपनि सम्हालिएर सम्झाउँछिन् उनी । ‘तिमीहरूलाई पढाएर बाटो देखाइदिएपछि मात्रै मेरो खाडीको बसाइ सकिन्छ नानू,’ ओमनको राजधानी मस्कटस्थित भारतीय स्कुल गेटअगाडि भेट्दा उनी फोनमा छोरीलाई सम्झाइरहेकी थिइन्, ‘यो वर्ष फेरि भिसा थपेको छु । अर्को वर्ष भेटौंला है ।’  खोटाङकी शारदाले १४ वर्षकै उमेरमा आफैंले मन पराएर गाउँकै साइँलासँग विवाह गरिन् । गरिबसँग बिहे गरेको भन्दै उनको माइती पक्षले स्विकारेन । खोटाङबाट झरेर दमक, झापामा गुजारा चलाउँदै आएका पतिको अचानक मृत्यु भएपछि शारदा एक्ली भइन् । श्रीमान् बित्दा चार, दुई वर्षकी छोरी र ६ महिनाको काखको छोरो थियो । बच्चाहरूको जिम्मेवारी शारदाको काँधमा सर्‍यो । तर ५० रुपैयाँ डेरा भाडा तिर्ने हैसियत पनि थिएन उनीसँग । भारतीय सेनामा कार्यरत जेठा दाइले उनलाई खोटाङ नै पठाउने व्यवस्था गरे । दुई छोरीलाई दमकमै एउटी साथीको जिम्मा छाडी काखे छोरा मात्र लिएर उनी माइत पुगिन् । तीन महिनापछि आफन्तले बच्चाहरूलाई अनाथालय पठाउने चाँजोपाँजो मिलाउन थाले । यो चाल पाएपछि शारदाले अठोट लिइन्, ‘मेरा बच्चाहरूको बाउ पो बितेको हो, आमा होइन । सबैको माया लिएर म घर सम्हालेर देखाउँछु । उनीहरूको अगाडि बच्चाहरूलाई राम्रोसँग पढाउँछु । बाटो देखाउँछु । बरु म विदेश जानै किन नपरोस् ?’ .....  शारदाले श्रीमान्को थर पाइसकेकी थिइन् । नागरिकता र राहदानी बनाइन् । विदेश त जाने, तर कुन देश ? भाउजूकी मितिनी ओमनमा कार्यरत थिइन् । ‘साउदी, कुबेतमा समस्या छ,’ मितिनी भाउजूको सुझाव आयो, ‘ओमनमै आउँदा राम्रो हुन्छ । पठाउने मान्छे चिनाइदिन्छु ।’  त्यतिखेर ५० हजार रुपैयाँ खोजिन् । पठाउने मान्छेसँग सम्पर्क भयो । जानेमा ६ जना दिदीबहिनी भए । पठाउनेले बम्बई जानुपर्ने बतायो । ९ महिने छोरा भाउजूलाई जिम्मा लगाइन् । दुई छोरी साथीकै घरमा थिए । खोटाङबाट ंिहड्दै चार दिनमा कटारी पुगेपछि काँकडभित्ता लागिन् । त्यहाँ विदेश जानेलाई प्रहरीले रोक्यो । ‘तपाईंले आज रोके पनि म जसरी पनि विदेश जान्छु,’ प्रहरीसँग उनले प्रस्ट बताइन्, ‘मेरा बच्चाहरू पाल्नु छ । ...तीनजनाको जिन्दगी बन्छ भने म जान्छु । गरी खान मलाई रोक्न पाउनुहुन्न ।’  प्रहरीको केही लागेन ।  बम्बईमा दुई महिना बसिन् । सबैभन्दा पहिला शारदाकै भिसा आयो । उनमा खुसीको सीमा रहेन । ठानिन्, ‘अब म पनि नानीहरूलाई पढाउन सक्छु । घर बनाउन सक्छु ।’ उनी ओमनको सलालह पुगिन्, राजधानी मस्कटबाट हजार किमि टाढा । मालिक प्रहरी थिए, मालिक्नी शिक्षिका । तिनका दुई बच्चा हेर्ने र खाना पकाउने गर्नुपथ्र्याे उनले ।  अलग देश, बेग्लै परिवेश । कसैसँग नडग्ने शारदा अर्काको भूमिमा आएपछि डराउन थालिन् । नेपाली कसैले नबुझ्ने, अरबी उनी नबुझ्ने । ‘भाषा नभएपछि मान्छे अपूर्ण हुँदोरहेछ,’ उनले सम्झिइन् । इसाराकै भरमा उनले कामको मेसो समाउन थालिन् । कति काम बन्थ्यो तर कति भनेको भन्दा उल्टो हुन्थ्यो ।  शारदा जब मालिक्नीका बच्चालाई खाना खुवाउन थाल्थिन्, दमकमा भएका आफ्नै छोराछोरी आँखा अगाडि आइपुग्थे । ‘मेरो कर्ममा सिन्दूर त पुछियो । बच्चाहरूसँग पनि किन विछोड भएर बस्नुपर्‍यो ?’ आफूले आफैंलाई सोध्ने गर्थिन् । सम्झेर एक्लै खाना खान सक्दिनथिन् । पानी मात्रै पिएर कैयांै रात अनिदो बिताएको उनले सुनाइन् ।  त्यति बेला अहिलेजस्तो टेलिफोन सुविधा थिएन, ट्रंकल गर्नुपथ्र्यो । एकै छिनको समय पाउँदा बुथबाट फोन गर्न पुग्थिन् उनी । कतिपटक दिनभर कुर्दा पनि सम्पर्क हुँदैनथ्यो । फोन सम्पर्क भइहाल्यो भने भाउजूलाई धम्की दिन्थिन्, ‘मेरो छोरोलाई केही भइहाले म ओमनबाट फर्किन्नँ ।’ त्यति बेला शारदाले आफ्नो मनका बहहरू क्यासेटमा भरेर पनि खोटाङ पठाइन् । उताबाट जवाफ पनि क्यासेटमै आउँथ्यो ।  शारदाको कामबाट ओमनी परिवार पनि खुुसी थिए । शारदाको दु:ख बुझेका उनीहरू छोरीसरह व्यवहार गर्थे । रहँदा–बस्दा शारदा अरबी र उनीहरूको रहनसहन संस्कृतिमा पोख्त भइन् । तलब आठ हजार रुपैयाँ आउँथ्यो, यसैमा उनले बच्चाहरूको सुखद भविष्य देखेकी थिइन् ।  .....  गाउँमा बच्चा हुर्किरहेका बच्चाहरूले बुबा र आमा दुवै ओमनमा काम गर्न गएको ठान्थे । ‘बुझ्ने भएपछि बच्चाहरूले आफैं एक दिन वास्तविकता थाहा पाउनेछन्,’ शारदा आमा र भाउजूलाई भन्थिन्, ‘अहिले केही नभनिदिनु ।’  छोरीहरू एउटै गुनासो गर्थे, ‘साथीहरूलाई उनीहरूका ममीले ड्ेरस लगाइदिन्छन् । कपाल कोरिदिन्छन् । टिफिन हालिदिन्छन् । दसैंमा लुगा किन्न सँगै जान्छन् । तपाईंचाहिँ किन सधैं बाहिर बस्नुहुन्छ ?’ यो सुन्दा उनलाई औडाह हुन्थ्यो । मिल्ने भए हामफालेर भेट्न जाउँजस्तो †  ५/६ वर्षको अन्तरालमा स्वदेश फिरे पनि फेरि मुटुमाथि ढुंगा राखेर परदेसिन्थिन् । छोरीहरूलाई सरकारी स्कुल पढाइन् । छोरालाई दाइले आफ्नै खर्चमा बोर्डिङमा हालिदिए । लखनपुर—३ दमक, झापामा जग्गा किनेर घर बनाइन् । यसका लागि ओमनी परिवारले पनि गुन लगायो । १२ वर्षसम्म १२ हजार रुपैयाँ तलब पाइरहेकी शारदालाई बढी कमाउन बाहिर काम गर्न छोडिदियो । ‘अरबीको पनि मन छ । कुरा बुझ्छन् । कति आफू गुना पनि हुन्छ । उनीहरूलाई बुझाउनुपर्दोरहेछ,’ शारदाले सुनाइन्, ‘साहुनी मेरै आमाजस्ती लाग्छ । उनीहरूले भन्छन्— हाम्रो सहयोगले तिम्रो छोराछोरीको जीवन बन्छ भने हामी हरपाइलामा साथ दिन तयार छौं ।’  पछिल्लो ६ वर्ष उनीहरूको भिसामा शारदाले बाहिरै काम गरिरहेकी छन् । अस्पतालमा काम गर्न थालेकी छन् । महिनाको ५० हजार रुपैयाँ जोगाउँछिन् । आफूलाई खाडीमा कार्यरत हजार महिलामा एक ठान्छिन् उनी ।  .....  अस्पतालमा दैनिक १६/१७ घन्टा काम गरेको देख्ने चिकित्सकहरू शारदालाई भन्ने गर्छन्, ‘तिमी यति दु:ख किन गछ्र्यौ । आफ्नो कुरा किन सरकारलाई भन्दिनौ ।’  जति दु:ख सामुन्ने आउँछ, उनलाई त्यति हाँस्न मन लाग्छ । आदत भइसक्यो उनलाई यो । ‘जिन्दगीमा माया भन्ने के हो थाहा छैन । मायामा मेरो सफलता छैन,’ उनले भनिन्, ‘खाडीले संघर्ष गर्न मात्रै सिकायो ।’ फेरि ओमनबाट बिदामा गए उनलाई थाहा छ, अब छोरीले फर्किन दिँदैनन् ।’ ३७ वर्षीय शारदा पछिल्लोपटक स्वदेश नफिरेको ५ वर्ष हँुदै छ । ‘ठूली छोरीको विवाह भयो । माइली छोरी र छोरा कलेजमा पढ्न थालेका छन् । उनीहरूको पढाइको फी झन् बढ्दै छ । फर्किहाल्ने आँट जुटाउन हिम्मत आइसकेको छैन,’ सुनाइन्, ‘सपना पूरा गर्नलाई घर छोडिन्छ तर कसलाई थाहा हुन्छ कि एक दिन घर फर्कन नै सपना बनिदिन्छ ।’   

जेष्ठ ३०, २०७३- चालु आर्थिक वर्षको दस महिनामा काठमाडौं जिल्ला अदालतले सम्बन्धविच्छेदका १ हजार ६ सय ७ मुद्दा टुंग्याइदियो । अर्थात्, काठमाडौंमा मात्र दैनिक ५ दशमलव ३५ वटा दाम्पत्य टुटिरहेका छन् ।
काठमाडौंमा मात्रै अघिल्लो साउनदेखि गत वैशाखसम्म १ हजार ७ सय ८३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये ४ सय ३८ वटा मुल्तवीमा छन् । पारपाचुके पाउन अदालत जानेमा महिला निकै धेरै छन् ।
हरेक वर्ष यो तथ्यांक बढदो छ । २०७०र७१ मा प्रतिमहिना औसत १ सय ४५ सम्बन्धविच्छेदका मुद्दा फैसला भए भने २०७१र७२ मा १ सय ५२ र २०७२र७३ मा १ सय ६० पुग्यो ।
महिला अधिकारको क्षेत्रमा कार्यरत अधिवक्ता सपना प्रधान मल्ल कानुनले दिएको सुविधा नै सम्बन्धविच्छेद बढ्नुको पहिलो कारण भएको बताउँछिन् ।
‘यसैलाई आधार मानेर महिला सशक्तीकरणको अभ्यास सुरु भएको भन्नचाहिँ मिल्दैन,’ उनले भनिन्, ‘बरु सशक्तीकरणकै कारण महिलाहरूमा पुरुषको दबाब र यातना सहेर नबस्ने बानी विकास गरायो । त्यसको सोझो प्रभाव सम्बन्धविच्छेदमार्फत पनि हुने नै भयो ।’
उनको ठम्याइमा वैदेशिक रोजगारीको बढ्दो क्रम र त्यसले निर्माण गरेको आर्थिक सम्पन्नताका साथै सक्षम र आत्मनिर्भर महिलाको संख्यात्मक वृद्धिले उनीहरू स्वनिर्णय प्रक्रियामा थप स्वतन्त्र भएका हुन् ।
मानवशास्त्री चन्द्रकान्त ज्ञवाली सम्बन्धविच्छेदलाई स्वतन्त्रतासँग मात्रै जोडेर हेर्न नहुने धारणा राख्छन् । उनको बुझाइमा सम्बन्धविच्छेदसँग पारिवारिक संरचना र त्यससँगै जोडिएका सन्तानको भविष्य पनि गाँसिएको हुन्छ ।
‘सम्बन्धविच्छेदपछि महिला र पुरुष त स्वतन्त्र होलान् तर तिनका सन्तानले अभिभावकको बलियो संरक्षकत्व पाउन सक्दैनन्,’ उनले भने, ‘कानुनी आधार खुकुलो बनाएर मात्रै हुँदैन । दम्पती छुट्टिएपछि बच्चाबच्चीप्रति कस्तो दायित्व हुने र राज्यको भूमिका के हुने भन्ने पनि बहस आवश्यक छ ।’
 हालै राजधानीमा पुस्तक प्रदर्शनीमा आयोजित ‘पहिचान र साहित्य’ शीर्षक बहसमा लेखक आहुतीले भने, ‘महिलाले आफ्नो मुक्तिका लागि घर भत्काउन सक्नुपर्छ । यही घरभित्र महिलाको मुक्ति सम्भव छैन । सम्बन्धविच्छेदले महिला सशक्तीकरण बढाउँछ र परम्परागत पुरुष सत्तालाई चुनौती दिन्छ ।’
बदलिँदो समाज
रेमिट्यान्स अर्थतन्त्रको प्रभाव, आफ्नो जिन्दगीको निर्णय आफैं गर्न सक्ने शिक्षित महिलाको बढ्दो जनसंख्या र परम्परागत पुरुष संरचनाको निरन्तरता । विज्ञहरू भन्छन्, ‘नेपाली समाजमा विद्यमान यी तीन पक्षको घर्षणले दम्पतीबीच नयाँ समझदारीको माग गरेको छ । यसले परिवारको परम्परागत संरचनामाथि प्रश्न उठाइरहेको छ ।’
आर्थिक वर्ष २०६९र७० को सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनका अनुसार उक्त अवधिमा सबै तहका अदालतमा ६ हजार ५ सय ६५ सम्बन्धविच्छेदका मुद्दाको फैसला भएका थिए ।
तिनमा पतिहरूले दोस्रो बिहे गरेका कारण छोडपत्र चाहने महिलाको संख्या भने ८ सय ८२ मात्रै थियो । यो तथ्यले सम्बन्धविच्छेदको बदलिँदो पाटो देखाउँछ । ‘महिलाहरू परम्परागत भूमिकामा बस्न तयार देखिँदैनन् ।
पुरुषहरू पनि उनीहरूको बदलिँदो भूमिकालाई सजिलै स्वीकार गर्न सक्ने अवस्थामा पुगिसकेका छैनन्,’ अधिवक्ता मल्लले भनिन्, ‘महिला र पुरुष समान हुन् भन्ने सोच व्यवहारमै विकास नभएसम्म यस्तो क्रम चलिरहनेछ ।’
सामूहिक पारिवारिक संरचनाको बढ्दो विघटन र स्वतन्त्र जीवन शैलीको बढ्दो चाहनालाई पनि सम्बन्धविच्छेदको कारण मानिएको छ ।
२०६८ को जनगणनाले परिवारको आकार गाउँमा भन्दा सहरमा सानो रहेको देखाउँछ । जनगणनाका अनुसार नेपालको औसत परिवार संख्या ४.९ छ ।
सहरमा यो ४.४ मात्र छ । शिक्षा र चेतनाको दरसँगै बढ्दो सहरीकरणका कारण परम्परागत पारिवारिक संरचना विघटन हुँदै छन् । सामूहिक पारिवारक संरचना संयुक्त परिवार हुँदै सूक्ष्ममा परिवर्तन हुँदै छ ।
मानवशास्त्री ज्ञवाली भन्छन्, ‘बढ्दो सम्बन्धविच्छेदले अहिले एकल पारिवारिक संरचनाको निर्माण भइरहेको छ । अब समाज र यसको व्यवस्थालाई हेर्ने परम्परागत आयामै बदल्नुपर्ने बेला भइसक्यो ।’
लेखक आहुती भने सम्बन्धविच्छेदको अभियानै चलेको ठान्छन् ।
‘यो क्रम अझै बढ्नुपर्छ,’ उनको भनाइ छ, ‘अहिलेको परिवारको संरचना भनेकै पुरुषको शोषण र उत्पीडनमा आधारित छ । परिवारको यो ढाँचा नभत्किएसम्म महिला स्वतन्त्रता सम्भव छैन । सम्बन्धविच्छेदले व्यक्तिका निम्ति दु:ख र कष्ट ल्याउला तर सारमा हेर्दा यसले महिला मुक्तिको आन्दोलनलाई अघि बढाउँछ ।’
अधिवक्ता मल्लको मत आहुतीको भन्दा फरक छ । उनको बुझाइमा सम्बन्धविच्छेद कसैका लागि पनि फाइदाको विषय हुँदै होइन ।
‘सम्बन्ध टुट्दा व्यक्ति र परिवारका अरू सदस्य सबैलाई पीडा हुन्छ । प्रभावकारी परामर्शको अभावमा सम्बन्धविच्छेदको ग्राफ उक्लिँदो छ । जुन सम्बन्धमा हिंसा हुन्छ, त्यहाँ सम्बन्धविच्छेदको बाटो खुल्न सक्ला । तर यसको प्रयोग सबैले उही सन्दर्भमा गरेका छन् भन्न सकिँदैन ।’
तथ्यांकले काठमाडौंमा भन्दा छिमेकी जिल्ला भक्तपुर र ललितपुरमा सम्बन्धविच्छेदको मुद्दा थोरै रहेको देखाउँछ । तिनमा जनसंख्या पनि तुलनात्मक निकै कम छ ।
फेरिँदो कानुन
सन् १९७५ मा संयुक्त राष्ट्रसंघले लैंगिक विभेदलाई अन्त्य गर्ने र अमिल्दा कानुनहरू अन्त्य गर्ने विश्वव्यापी बहस चलायो । त्यसको प्रभाव नेपालमा पनि पर्‍यो ।
त्यसपछि लैंगिक समानतामूलक कानुन बनाउने अभ्यास सुरु भयो । सन् १९९१ मा राष्ट्रसंघले तयार पारेको लैंगिक विभेदविरुद्ध कानुनी अवधारणाको अभिसन्धिमा हस्ताक्षर गर्‍यो । त्यसलगत्तै महिलाले सोझै जिल्ला अदालतमा सम्बन्धविच्छेदको उजुरी गर्न सक्ने कानुनी ढोका खुल्यो । त्यसपछि सम्बन्धविच्छेद बढ्न थालेको हो ।
२०४६ पछि सुरु भएको खुला समाजको अवधारणा, विभेदकारी कानुनविरुद्ध आक्रोश र महिला अधिकारका क्षेत्रमा भएका प्रभावकारी कामका कारण महिला जागरणको क्षेत्रमा उल्लेख्य सफलता मिल्यो । त्यसको प्रत्यक्ष वा परोक्ष असरले महिलाको आत्मविश्वास बढायो । त्यसले असहमति बेहोरेर, यातना वा विभेद सहेर पनि लोग्नेसँगै बस्नुपर्छ भन्ने मान्यता फेरिदियो ।
परम्परागत कानुनमा सम्बन्धविच्छेद गर्न ‘फल्ट थ्यौरी अफ डिभोर्स’ अर्थात् दोष देखाउने र ‘ब्रेक डाउन थ्यौरी अफ म्यारिज’ अर्थात् विवाह विच्छेदको अवस्था हुनैपर्ने प्रचलन थियो । २०५९ पछि त्यो बदलियो । सम्बन्धविच्छेदका लागि शारीरिक कुटपिटका वा मानसिक यातनालाई पनि बलियो आधार मान्न थालियो ।
‘कन्स्टेन्ट थ्यौरी अफ डिभोर्स’ अर्थात् सहमतिको सिद्धान्त र ‘मेन्टल टर्चर थ्यौरी’ अर्थात् मानसिक यातनाको सिद्धान्तलाई पनि सम्बन्धविच्छेदको आधार मान्न थालियो । फलत: असमझदारी वा यातना सहेर सँगै बस्ने दिन हट्दै गए ।
जेष्ठ ३०, २०७३- नेपाली संगीत संरक्षक तथा प्रवर्द्धक समूह, काठमाडौंले बिहीबार यहाँ गरेको शास्त्रीय संगीत एवं साहित्य संगममय साँझमा सहभागीहरूले निकै आनन्द उठाए ।
प्रजिअ मानबहादुर विक प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सुरुआत संगीत संरक्षक तथा प्रवर्द्धक समूहका संस्थापक अध्यक्ष उत्तम रिमालले ‘जहाँ छन् बुद्धका आँखा...’ गाउँदै गरे । शास्त्रीय प्रस्तुतिको सुरुमा आइन् जोनिशा पौडेल ।
उनलाई तबलामा रविनलाल श्रेष्ठ, हार्मोनियममा श्री केसी र तानपुरामा सरस्वती अधिकारीले साथ दिएका थिए । धनबहादुर गुरुङ र मिलन विष्टको बाँसुरीको धुनले बेग्लै स्वाद दियो । धनबहादुरले लोकप्रिय भाकाहरू पनि सुनाए ।
हेटांैडा–४, ओम हलमा आयोजित कार्यक्रममा साहित्यकार राजेन्द्र थापाले समसामयिक विषय वस्तुमा व्यंग्यात्मक मुक्तक प्रस्तुत गरेका थिए ।
आधा घन्टाभन्दा बढी स्टेज लिएका उनले राजनीति, सामाजिक, कुसंस्कार, मानिसको गलत प्रवृति लगायतका विषयमा मुक्तकमार्फत चर्को व्यंग्य प्रस्तुत गरेका थिए ।
साहित्यकार थापाले प्रस्तुत गरेका व्यंग्यमा वान्स मोर भनेर ताली बजाउने सहभागीहरूको कमी थिएन । सहभागीहरूको ताली र वान्स मोरको आवाजले उनी झन् उत्साहित बन्दै मुक्तकहरू प्रस्तुत गरेका थिए ।
शास्त्रीय संगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा हेटांैडाका संगीतकार भोला जोशी लगायत पाँच जनालाई सम्मान गरिएको थियो ।


http://bit.ly/1UKvjrD
जेष्ठ २९, २०७३- सुपरस्टार लियोनल मेसीको उत्कृष्ट ह्याट्रिकको मद्दतले कोपा अमेरिकामा अर्जेन्टिनाले पानामालाई ५-० को गोल अन्तरले पराजित गरेको छ ।
अमेरिकाको सिकागोमा नेपाली समयअनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिनी स्ट्राइकर मेसीले २६ मिनेटको बीचमा सानदार तीन गोल गर्दै पानामालाई ५-० को फराकिलो गोल अन्तरले हराउन सक्यो ।
खेलको सुरुदेखि नै पानामालाई दबाबमा राखेको अर्जेन्टिनाले ७ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेको थियो । सातौं मिनेटमा अर्जेन्टिनी खेलाडी ओटामेन्डीले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए ।
३२ मिनेटमा पानामा खेलाडी गोडोयले रातोकार्ड पाएपछि पानामा १० जना खेलाडीमा सिमित भएको थियो । पहिलो हाफमा १-० ले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा पानामा माथि गोलको वर्षा नै गर्‍यो ।
 
खेलको ६८ औं मिनेटमा मेसीले दोस्रो गोल गरे । यो गोल उनको व्यक्तिगत भने पहिलो थियो । त्यसपछि ७८ मिनेट फेरि मेसीले दोस्रो गोल गरे भने अर्जेन्टिनालाई ३-० को अग्रता दिलाउन सफल भए ।
मेसीले खेलको ८७ औ मिनेट ह्याट्रिक गर्दै जितलाई थप मजबुत बनाए भने खेलको ८९ औ मिनेटमा अगुइरोले पाँचौ गोल फर्काए । उनको यो ३३ औ अन्तर्राष्ट्रिय गोल हो । जितसँगै अर्जेन्टिना ६ अंक बटुल्दै समूह डिको शीर्षस्थानमा रहेको छ ।


http://bit.ly/28rqKg0
जेष्ठ २९, २०७३- शुक्रबारदेखि फिल्म ‘गाजलु’ देशव्यापी प्रदर्शनमा आएको थियो। तर यसका निर्माता रोहित अधिकारी भने चाबहिलस्थित गोपीकृष्ण हलअघि बसेर जोडतोडले माइकिङ गरिरहेका थिए, ‘गाजलु फिल्म गोपीकृष्णमा लागेको छैन। नजानु होला।’ फिल्म लागेका हलमा प्रचारप्रसारमा दौडिनुपर्ने रोहित नलागेको हलमा समय गुजारिरहेका थिए। फिल्म उद्योगका लागि रोहित नयाँ हुन्। पहिलो फिल्म ‘गाजलु’ बाटै उनले प्रदर्शनमा तीतो अनुभव बेहोरे। सात–सात पर्दा भएको गोपीकृष्णले दर्शकअनुसार हल नदिएको रोहितको आरोप छ।

‘गोपीकृष्णका दुई हल ‘कृष्ण’ र ‘शिवाय’ हाउसफुल भएर दर्शक फर्कन थालेपछि हामीले ठूलो हल ‘गोपी’ पनि दिन आग्रह गर्‍यौं। तर उहाँहरूले नेपाली फिल्मलाई दिन मिल्दैन भन्नुभयो। हामीलाई हेपेको जस्तो फिल भयो,’ त्यसपछि रोहितले दोस्रो सोबाटै फिल्मलाई गोपीकृष्णबाट उतारे। हलको कोपभाजनमा परेको ‘गाजलु’ पहिलो फिल्म भने होइन। यसअघि पनि ‘कबड्डी’ ले यस्तै नियति भोग्नुपरेको थियो। उक्त फिल्मका निर्माता माधव वाग्ले सम्झिन्छन्, ‘हाम्रो पनि ‘कबड्डी’ लाई साना दुई हल ‘नम:’ र ‘शिवाय’ दिइएको थियो। पहिलो सो नै ओभरफ्लो भएपछि ठूलो हल माग्यौं। तर दिइएन। जब कि ठूलो हल ‘गोपी’ मा लगाइएको ‘टु स्टेट’ मा ६२ जना दर्शक मात्रै थिए।’ त्यसपछि ‘कबड्डी’ युनिटले गोपीकृष्ण परिसरमै तुल टाँस्यो, ‘‘कबड्डी’ गोपीकृष्णमा चलेको छैन।’
त्यसै पनि हलवाला र निर्माताबीच सम्बन्ध सुमधुर छैन। निर्माताहरू आफ्नो सृजना बेचेर हलवालाले मनोमानी चलाइराखेको आरोप लगाउँछन्। निर्माता माधव थप्छन्, ‘हाम्रै फिल्म चलाएको पैसा दिन पनि हलवालाहरू छ महिना बढी कुराउँछन्। हरेकपटक यही प्रक्रिया दोहोरिँदै आएको छ। यस्तोमा चलचित्र संघ लगायत संघसंस्थाले सहजीकरण गर्नुपर्ने हो। त्यस्तो भएको पाइँदैन।’ पछिल्लो समय गतिलो भएको खण्डमा एउटै फिल्मको एकै दिन लाखौं रुपैयाँको टिकट बिक्री हुन्छ। कम्तीमा साता दिनमा करोडौंको कारोबार भए पनि निर्माताको पैसा लामो समय फ्रिज हुने गरेको छ। कम्प्युटराइज्ड टिकेटिङ सिस्टम नभएका हलले त जति हिसाब बुझायो त्यतिमै विश्वास गर्नुपर्ने अर्को बाध्यता निर्मातासामु छ।

अनमोल केसी र सृष्टि श्रेष्ठलाई लिड रोलमा लिएर ‘गाजलु’ बनाएका निर्माता रोहितले प्रिमियरमा बटुलेको प्रतिक्रियाले जति उत्साहित थिए, गोपीकृष्णको घटनाले दु:खी बनाएको बताउँछन्। गोपीकृष्णका जनरल म्यानेजर तीर्थ पौडेल भने रोहितका आरोपको प्रतिउत्तरमा भन्छन्, ‘हामी पनि व्यापार गर्नै आएका हौं।’ उनले व्यापारमा नाफा र घाटा हेरिनेतर्फ इंगित गर्दै थपे, ‘उहाँहरूले गोपी हल माग्नुभएको थियो। जहाँ हाम्रो करोडौं रुपैयाँमा किनेर ल्याएको फिल्म चलिरहेको थियो। त्यसैले मिल्दैन भन्यौं।’ गोपीको सट्टामा बरु साना तीन हल दिन आफूहरू राजी भए पनि ‘गाजलु’ टिम नमानेको तीर्थले दाबी गरे। ‘गोपीमा त ‘हाउसफुल’ फिल्म छ। त्यो हाम्रो फिल्म हो। त्यसबाट हुने व्यापारको शतप्रतिशत हाम्रै हुन्छ। हामी आफ्नो हटाएर अरूको फिल्म लगाएर व्यापारको आधा–आधा गर्न सक्दैनौं,’ तीर्थले कान्तिपुरसँग भने। ‘फेरि सुरु भयो गोपीकृष्ण हलको मनोमानी’ ‘गाजलु’ हलबाट उतारिएको घटनापछि ‘कबड्डी’ को घटना सम्भँmदै त्यसका निर्देशक निश्चल बस्नेतले फेसबुकमै लेखे, ‘‘गाजलु’ पनि त्यस हलबाट उतार्दै छन् निर्देशक निर्माता। ‘कबड्डी’ काण्ड फेरि दोहोरिँदै छ।’ उनले आफू ‘गाजलु’ को पक्षमा रहेको पनि जनाएका छन्। अर्का निर्देशक प्रचण्डमान श्रेष्ठ पनि गोपीकृष्णको रबैयाप्रति विमति राख्छन्। ‘अझै पनि एकाध प्रदर्शकहरूमा पुरातन सोच, अव्यावसायिक मानसिकता र स्वदेशी फिल्मप्रति सौतेनी व्यवहार गर्ने प्रवृत्ति कायम रहेको देख्दा दु:ख लाग्छ,’ उनले युवा पुस्ताका फिल्मकर्मीहरू प्रदर्शकहरूसँग सह–अस्तित्वको सिद्धान्तमा पारस्परिक सम्मान, सहकार्य र व्यावसायिक इमानदारिताको अपेक्षा राख्ने गरेको प्रस्ट्याउँदै प्रश्न गर्छन्, ‘के व्यावसायिक इमानदारिता, पारदर्शिता र फिल्मको क्षमताअनुसार सोज र सिट संख्या माग्नु गलत हो?’ प्रचण्डमानले पनि ‘गाजलु’ को अडानप्रति आफ्नो ऐक्यबद्धता जनाएका छन्।

निर्माता रोहितले ६० प्रतिशत सेयर हललाई दिन लिखित मञ्जुरी जनाए गोपी दिन सकिने गोपीकृष्ण मुभिजका अर्का प्रदीप खड्काले प्रस्ताव राखेको बताए। ‘आफ्नै फिल्मको आम्दानी ४० प्रतिशत मात्रै लिएर त कसरी मान्नु हामीले?’ रोहितले भने। जीएम तीर्थले भने सेयर बाँडफाँडबारेमा आफूलाई जानकारी नभएको बताएका छन्। ‘गाजलु’ निर्देशक हेमराज बिसी पनि हलबाटै फिल्म उतार्नुपर्ने अवस्था आएपछि आक्रोशित देखिए। ‘आखिर कहिलेसम्म?’ यसअघि ‘होस्टेल’, ‘जेरी’ जस्ता सफल फिल्म दिएका हेमराजले थपे, ‘दु:ख लाग्छ, नेपालमै नेपाली फिल्मलाई यसरी हेपेको देख्दा। दर्शकको माग हुँदाहुँदै मागबमोजिम सो नदिएर जबर्जस्ती विदेशी फिल्म लगाउने हेपाहा प्रवृत्तिप्रति हाम्रो अभियानअन्तर्गत गोपीकृष्णबाट फिल्म निकालेका हौं।’ गोपीकृष्णबाट फिल्म उतारेपछि नजिकै रहेको एफक्यूबले ‘गाजलु’ को सो बढाएको छ। त्यसो त फिल्मको ओपनिङ व्यापार राम्रो देखिएपछि अन्य मल्टिप्लेक्सले समेत सोज थपेका छन्।

यस साता प्रदर्शकको कोपभाजनमा ‘गाजलु’ मात्रै परेन, ‘कालो पोथी’ पनि पर्‍यो। जेठ २१ मा देशभरका मल्टिप्लेक्समा मात्रै रिलिज भएको ‘कालो पोथी’ ले एक सातापछि राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण हलसहित सिंगल स्क्रिन हलमा रिलिज गर्न खोज्दा झन्डै बहिस्कार खेप्नुपर्‍यो। फिल्मको उपत्यका वितरणको जिम्मा लिएको पपकर्न पिक्चर्सका माधव वाग्लेका अनुसार गोपीकृष्णकै तीर्थ फिल्म नलगाउने अड्डी कसिरहेका थिए। ‘पछि उपत्यकाबाहिरको वितरण जिम्मा गोपीकृष्णसँग आबद्धले नै लिएपछि लगाउन बाध्य भयो। अझै पनि अष्टनारायण र गुणले लगाएका छैनन्,’ माधवले जनाए। व्यावसायिक सफलता नै चाख्न नपाएका फिल्म निर्माताको त के कुरा? चलेका फिल्मका निर्माताले समेत व्यापारअनुसारको हिसाब नपाउनेदेखि फिल्मको पाइरेसी खेप्नुपर्ने समस्या भोगिरहेका छन्। यस्तोमा हलको मनोमानीले आगन्तुक फिल्मकर्मीलाई भने हतोत्साही पार्ने निश्चित छ। एक निर्माताले दुखेसो पोखे, ‘हामीकहाँ बरु फिल्म बनाउन त्यति गाह्रो नहोला, जति चलाउन अनि त्योअनुसार हलबाट पैसा उठाउन। यस्तो भएपछि गतिला मान्छे कसरी आउँछन् त?’
“गाजलु” को ओपनिङ राम्रो
हेमराज बिसी निर्देशित ‘गाजलु’ को रिलिज पूर्वसन्ध्यामा बिहीबार राजधानीको कुमारी हलमा प्रिमियर गरिएको छ। फिल्मका युनिट, कलाकार, सञ्चारकर्मी र फिल्मकर्मीको बाक्लो उपस्थितिबीच अनमोल केसी र सृष्टि श्रेष्ठ अभिनीत फिल्म देखाइएको थियो।
जीवित देवी मानिने कुमारी जब कुमारी घर छोडेर बाहिरी संसारमा आउँछिन्, तब उनलाई घर, समाजले हेर्ने दृष्टिकोणले उनको स्वतन्त्रतामा कस्तो असर गर्छ भन्ने कथालाई हेमराजले सरल प्रस्तुति दिएर प्रिमियरमा आउने दर्शकको मन जित्न सफल भए। पहिलोपटक फिल्ममा अभिनय गरेकी सृष्टिको कामलाई धेरैले प्रशंसा गरेका छन्। पूर्व कुमारीको भूमिकामा रहेकी उनी नै फिल्मकी मुख्य पात्र हुन्। सृष्टि र अनमोलसहित फिल्ममा गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान लगायतको अभियन रहेको छ। रोहित अधिकारी यसै फिल्मबाट निर्माताका रूपमा भित्रिएका छन्।
फिल्मले रिलिजको पहिलो दिन शुक्रबार सुखद ओपनिङ गरेको छ। पहिलो दिनको व्यापारका आधारमा अधिकांश मल्टिप्लेक्सले शनिबारको सोज बढाएका छन्।



जेष्ठ २५, २०७३- मंगलबार बिहान ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका संगीतकार अम्बर गुरुङलाई अस्पतालबाट अन्तिम श्रद्धान्जलीका लागि अस्पतालबाट ९ बजेर ५५ मिनेटमा प्रज्ञा प्रतिष्ठान कमलादी लगिने भएको छ ।
उक्त साइत बौद्ध गुरुहरुले निकालेका हुन् ।  
नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति रहेका गुरुङको पार्थिव शरिरलाई आज ३ बजेसम्म श्रद्धान्जलीको लागि प्रज्ञा भवनमा राखिने भएको छ ।
उनको पार्थिव शरिरलाई तीन बजेपछि हिन्दु धर्म अनुसार नै पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरिने उनका माइला छोरा राजु गुरुङले बताए ।
अस्पताल तथा गुरुङका परिवारले आज गरेको पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले गुरुङको स्वास्थ्य अवस्था औषधीको काबु बाहिर रहेको बताए । उनले भने, 'हामी रोगसँग हार्‍यौं ।'
पाण्डेका अनुसार गुरुङको खाना खुवाउनको लागि जोडिएको पाइप सरेपछि घाउ भएर रगत आउन थालेको थियो । त्यसपछि मुटुको धड्कन कम र ब्लड प्रेसर कम भएको थियो । पाण्डेले भने, 'यो भन्दा पहिला पनि उनको यस्तै अवस्था थियो । तर पहिला औषधीले कम गरेको थियो । तर अहिले गरेन ।'
खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याइएको थियो ।
गुरुङको उपचारमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्रिटिकल केयर मेडिसिनका चेयरम्यान तथा इन्टरनल मेडिसिनका कन्सल्ट्यान्ट फिजिसियन, पल्मोनोलोजी तथा क्रिटिकल केयर विशेषज्ञ प्रा.डा. अर्जुन कार्कीको टिम सँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. बिबेक शर्मा, कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा. राजु पौडेल लगायतका डाक्टरहरु संलग्न थिए ।
सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङले नेपाली संगीत क्षेत्रको उत्थानकोलागि महत्वपूर्ण योगदान दिएका छन् ।
प्रकाशित: जेष्ठ २५, २०७३

थप केही समाचारबाट



जेष्ठ २४, २०७३- राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको ग्राण्डी अस्पतामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
उनको अवस्था गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ ।
उनी एक साताअघि ग्राण्डी अस्पाल भर्ना भएका हुन् । खानेकुरा रक्तचाप पचाउन समस्या हुने, उच्च रक्तचापजस्ता समस्यापछि उनी अस्पताल भर्ना भएका हुन् ।
ग्राण्डी अस्पतालका प्रेस अधिकृत बिनोद अधिकारीले गुरुङबारे भ्रामक समाचार बाहिर आएकोमा दुःख व्यक्त गरे ।
दुई महिना भारतको मेदान्त अस्पतालमा नियमित उपचार गरेर गुरुङ चैतमा नेपाल फर्किएका थिए ।
–अम्बर गुरुङबारे यसअघि प्रकाशित समाचार सच्याइएको छ । यसअघि प्रकाशित समाचारमा उल्लेखित गलत जानकारीका कारण पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।


http://bit.ly/1t0glY6
जेष्ठ २३, २०७३ 
एमाले बरिष्ठ नेता झलनाथ खनालले बजेटका वारेमा भ्रम छर्ने काम भईरहेको भन्दै यस वारे नागरिकलाई बुझाउन एमालेले देशव्यापी कार्यक्रम गर्ने बताउनुभएको छ ।
एमाले रत्ननगर नगर समितिको चितवनमा आज आयोजीत कार्यक्रममा नेता खनालले देशलाई समृद्धि बनाउने खालको बजेट आएकाले मुलुक आर्थिक विकासको गतिमा अगाडि बढ्ने दाबी गर्नुभयो । उहांले बजेट देश र जनताकालागि सरकारको महत्वपूर्ण कदम भएको समेत बताउनु भयो ।
अर्को प्रसङ्गमा नेता खनालले पार्टी भित्र देखिएको गुट/उपगुटले कसैको भलो नगर्ने भन्दै गुटको राजनीति त्यागेर पार्टीलाई बलियो बनाउने तर्फ सबै कार्यकर्तालाई केन्द्रीत हुन आग्रह गर्नु भयो ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले मंसिरमै स्थानीय निकायको निर्वाचन हुने दाबी गर्नुभयो । उहांले भन्नुभयो, ‘सरकारले घोषणा गरेकै मितिमा स्थानीय निकायको निर्वाचन हुन्छ, एमाले नेतृत्वको सरकारले दलहरुबीच सहमति गराएर निर्वाचन गराउँछ ।’
जेष्ठ २३, २०७३- सन् २००८ मा ‘ट्वीलाइट’ रिलिज भएपछि जति यो फिल्म हिट भयो, उत्ति नै यसमा अभिनय गर्ने मुख्य जोडी रोबर्ट प्याटिन्सन र क्रिस्टिन स्टेवार्ट पनि चर्चित बने । फिल्ममा भ्याम्पायर बनेरै नायिकालाई प्रेममा पारेका रोबर्टले अफस्क्रिनमा पनि क्रिस्टिनको मन जिते । फिल्मको सेटदेखि मौलाएको दुईबीचको प्रेम चार वर्षपछि मात्रै सार्वजनिक हुने मौका पायो । त्यसपछि धेरै फ्यानले यो जोडीलाई उत्कृष्ट माने । प्रशंसा गरे ।
तर जब ‘स्नो ह्वाइट एन्ड द हन्ट्सम्यान’ निर्देशक रुपर्ट स्यान्डर्ससँगको क्रिस्टिनको गुपचुप

क्रिस्टिनले पश्चाताप गर्दै प्रेमीसँग सार्वजनिक माफी माग्नेदेखि अझै पनि उत्तिकै माया गरिरहने बताइरहे पनि रोबर्टले त्यसपछि क्रिस्टिनलाई फर्केर हेर्न चाहेनन् । क्रिस्टिनले निर्देशकसँगको उक्त घटनालाई नमिठो भूल भनेर प्रायाश्चित नै गरिन् । तर केही लागेन । दुईबीचको ब्रेकअप रंगीन दुनियाँमा उक्त वर्षकै दु:खद घटना बन्यो । फ्यानहरू दु:खी बने ।

तर यतिबेला फ्यानका लागि खुसीको खबर । क्रिस्टिन र रोबर्टबीच पुन: प्याचअप भएको हुन सक्ने खबरले सनसनी मच्चाएको छ । नयाँ वर्ष लाग्दै गर्दा फ्रेन्च समलिंगी गायिका सोकोसँगको अफेयर बाहिरिए पनि क्रिस्टिनले छ महिना पनि नबित्दै उनीसँगको सम्बन्धलाई हालै तोडेकी थिइन् । सिंगल स्टाटसमा रहेकी २६ वर्षीया क्रिस्टिन फेरि पूर्वप्रेमी रोबर्टसँग डेटिङमा रहेको हवाला दिँदै खबर छाउन थालेका छन् ।

नायिकाले फेरि एकपटक गल्ती महसुस गरेको जनाउँदै रोबर्टको मन जितेको बताइन्छ । क्रिस्टिनले पनि जुन कुरा रोबर्टबाट पाएकी थिइन् प्रेमिका सोकोबाट पाउन नसकेपछि चिढिएकी थिइन् । ‘खासमा रोबर्टबाट पुन: माया पाउने संकेत देखिएपछि क्रिस्टिनले सोकोसँगको सम्बन्ध तोडेकी थिइन् ।

‘नायिकालाई जति नै गरे पनि रोबर्टसँग जत्तिको घनिष्ठ र गहिरो प्रेम आफूले अरूसँग गर्न नसक्ने र आफूलाई पनि नगर्ने महसुस भएको पाइन्छ,’ दुईको प्याचअपलाई नजिकबाट नियालिरहेका एकले क्रिस्टिनको मनोभाव दर्साउँदै भने, ‘लाग्छ, रोबर्ट र क्रिस्टिन भनेका एकअर्काका लागि नै बनेका हुन् ।’
अफेयर्सको खबरलाई एकापसमा चुम्बन साटासाट गर्दैगर्दाको फोटोसहित हफिङटन पोस्टले ब्रेक गर्‍यो । तब रोबर्टसँगको उनको रिलेसनसिप पनि ब्रेकअपमा पुग्न बेर लागेन ।


जेष्ठ २२, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाज किस्सा सहरमा सुपरहिट हुनुअघि नै खिचिएको तस्बिर हो यो । वैशाख २१ को साँझ पोखरामा एक्कासी आएको हावाहुरीले फेवा तालमा यस्तो छाल ल्याएको थियो । तालको पानी नै धमिलिने गरी आएको यो छालले केही डुंगासमेत डुबाएको थियो । 

जेष्ठ २१, २०७३- गत वर्ष भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा क्रिटिक्स विकतर्फ उत्कृष्ट फिल्म घोषित भएपछि ‘कालो पोथी’ दर्शकमाझ बहुप्रतीक्षित बनेको थियो । त्यसो त मीनबहादुर भाम निर्देशित फिल्मले स्क्रिप्टकै कारण छायांकन र पोस्ट प्रोडक्सनका लागि विदेशी फन्ड सहयोग पाएको थियो । बुधबार फिल्मको नेपाल प्रिमियरमा पनि उपस्थित फिल्मकर्मी, सञ्चारकर्मीले ‘कालो पोथी’ लाई ‘अग्र्यानिक फिल्म’ का रूपमा टिप्पणी गरेका छन् ।
निर्देशक अनुप बरालले ‘कालो पोथी’ लाई नेपाली फिल्मको भीडमा बेग्लै स्वादको भनी टिप्पणी गर्दै भनेका छन्, ‘समाजमा घटिसकेको घटनालाई जुन जतन र आधिकारिकतापूर्वक भनिएको छ त्यो लोभलाग्दो छ ।’ उनले फिल्ममा आञ्चलिकताको भरपुर प्रयोग गरिएकोमा खुसी व्यक्त गर्दै थपेका छन्, ‘जुम्लाको कथ्यलाई युनिभर्सल रंगभित्र फिट्न सक्नु फिल्मको सफलता हो ।’

अविनाशविक्रम शाहसँग मिलेर निर्देशक भामले नै तयार पारेको फिल्मले मुगुका दुई बालसखा प्रकाश र किरणको कथा बोकेको छ । माओवादी युद्धको पृष्ठभूमिमा फरक जात र वर्गका दुई साथीले आफ्नो सपना साकार पार्ने उद्देश्यले पालेको कुखुरा हराएपछि खोजीमा निस्कँदा भिडन्तको क्रस फायरमा पर्छन् । फिल्मले पनि द्वन्द्वको बीचबाट अघि बढ्दै मित्रताको कथा बोल्छ ।
 
‘आजसम्म हेरेकोमा सबैभन्दा उत्कृष्ट नेपाली फिल्म’ भन्दै निर्देशक मनोज पण्डितले 
आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । मेडिकेसन फर नेपालले दुर्गममा औषधि पुर्‍याउने उद्देश्यले सहयोग जुटाउनका लागि ‘कालो पोथी’ सँग मिलेर गाला प्रिमियर गरेको थियो । प्रिमियरमा फिल्मकर्मी, सञ्चारकर्मीदेखि साहित्यकार, बैंकरलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । फिल्म हेरिसकेपछि लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले भने, ‘विषादी र रासायनिक मल नहालिएको साग आफ्नै बारीबाट टिपेर खाएजस्तो । राम्रो र मौलिक ।’

अर्का निर्देशक रामबाबु गुरुङले पनि ‘कालो पोथी’ हेरेर ‘आनन्द आएको’ प्रतिक्रिया दिएका छन् । 
नायिका केकी अधिकारी पनि फिल्मबाट प्रभावित भइन् । ‘हेरेर आएदेखि त्यही फिल्म घुमिरा’छ । आँखामा पात्र अनि दृश्यहरू आउन छाडेका छैनन् । कति सरल अनि मीठो कथा हेर्न पाइयो,’ उनले आफ्नो फेसबुकमा लेख्दै ‘कालो पोथी’ का कारण आफूलाई नेपाली फिल्म क्षेत्रकी हुनुमा गर्व लागेको बताइन् ।
मुगु सेरोफेरेको भूगोलसँगै त्यहींका खसभाषी नै पात्रका रूपमा फिल्ममा अटाएका छन् । मुख्य पात्रका रूपमा खड्गराज नेपाली र शुक्रराज रोकायसँगै जितबहादुर मल्ल हंश खड्का, नन्दप्रसाद खत्री, बेनिशा हमाल, विपिन कार्की, प्रवीण खतिवडालगायतको अभिनय फिल्ममा देख्न पाइन्छ । 
शुक्रबारदेखि नै देशभरका मल्टिप्लेक्स हलमा रिलिज गरिएको ‘कालो पोथी’ प्रिमियरमै बुधबार नायिका दिया मास्केले टिप्पणी गरेकी छन्, ‘एउटा सुन्दर अग्र्यानिक फिल्म ।’ त्यसो त लेखक अविरल थापाले फेसबुकमै दाबासाथ लेखेका छन्, ‘‘कालोपोथी’ हेर्न नजाने नेपाली फिल्मको दर्शक जिन्दगीभर पछुताइरहन्छ ।’
अर्का निर्देशक प्रचण्डमान श्रेष्ठले पनि ‘कालो पोथी’लाई सुन्दर दृश्यभाषा भन्दै सराहना गरे ।काजकिस्तानका अजिज झाम्बाकिभको सिनेमाटोग्राफी रहेको फिल्ममा जेशन कुँवरले संगीत भरेका छन् । झन्डै डेढ घन्टा लामो फिल्मलाई आठ विदेशी भाषामा सबटाइटल पनि देखाइनेछ । निर्देशक दीपेन्द्र के खनालले प्रिमियरमा फिल्म हेरिसकेपछि सामाजिक सञ्जालमा फिल्मबारे समीक्षात्मक टिप्पणी गर्दै लेखेका छन्, ‘मौलिक कथा अनि मीठो प्रस्तुति ।’ निर्देशक मीनबहादुरले यसअघि 
बनाएको सर्टफिल्म ‘बाँसुल्ली’ ले पनि अन्तर्राष्ट्रिय महोत्सवमा प्रशंसा बटुलेको थिय।
जेष्ठ २२, २०७३- मनीषा घर्तीमगरको रहस्यमय मृत्युमा संलग्नताको शंकामा प्रहरी हिरासतमा रहेका रुद्रनारायण चौधरी पोलिग्राफ परीक्षणमा उत्तीर्ण भएपछि अनुसन्धानमा संलग्न रूपन्देही प्रहरी रनभुल्लमा परेको छ।
जेठ १३ मा बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेकी मगरको हत्यामा संलग्न रहेको शंकामा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो। उनले झूट नबोलेको पोलिग्राफले देखाएपछि रूपन्देही प्रहरी घटनालाई जस्ताको तस्तै मिसिलमा उतारेर अदालतमा बुझाउने निष्कर्षमा पुगेको छ।
घटनामा संलग्न रहे/नरहेकोबारे आरोपीको बयान सत्य हो या झूट पहिल्याउन प्रहरीले आधुनिक प्रविधिमार्फत गरेको पोलिग्राफ परीक्षणमा चौधरी दोषी नदेखिएपछि अनुसन्धानमा जुटेको प्रहरी घटनाको अवस्था अदालतमा बुझाउने तयारीमा जुटेको हो। पोस्टमार्टममा मृत्युको कारण झुन्डिनु उल्लेख थियो।
मनीषाको झुन्डिएको शरीर निकाल्नु, हाइवेको कल्भर्टमुनि सल लुकाउनु, प्रहरीलाई जानकारी नदिनु लगायतका चौधरीका गतिविधि र उनीविरुद्ध परेको जाहेरीका आधारमा पक्राउ गरी अनुसन्धान भइरहेको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेतले बताए।
‘प्रहरीले सार्वजनिक गरेको विवरण नै अन्तिम होइन,’ एसएसपी बस्नेतले भने, ‘साधनस्रोत र प्रविधिको उपयोग गरी घटनालाई जस्ताको तस्तै संकलन गरी अदालतमा पेस गरौं भन्ने उद्देश्य हो, त्यहीअनुसार अनुसन्धान अघि बढिरहेको छ।’
नेपाल प्रहरीले अपराध अनुसन्धानमा तीन वर्षदेखि प्रयोग गरिरहेको आधुनिक प्रविधि पोलिग्राफ परीक्षणको नतिजा विश्वसनीय हुन्न त?
अपराध अनुसन्धान विभाग, केन्द्रीय पोलिग्राफ शाखाका प्रमुख गणेश श्रेष्ठ ९२ प्रतिशत नतिजा सत्यनिकट हुने बताउँछन्। बाँकी ८ प्रतिशत परीक्षण दिनेभन्दा परीक्षण लिने अवस्थाको वातावरण र लिने व्यक्तिको प्रश्नोत्तर शैलीले प्रभाव पार्ने उनको भनाइ छ।


http://bit.ly/1U0wXbj

नयाँदिल्ली । बालिवुड अभिनेता तथा कमेडीयन राजपाल यादवलाई दिल्ली हाईकोर्टले १५ जुलाईभित्र बिहारको तिहाड जेलमा आत्मसमर्पण गर्न आदेश दिएको छ । यादवले पूरा गर्न बाँकी ६ दिन सजाय काटन आदेश दिएको हो ।

राजपाल यादवले यो सजाय झूठा विषयको मागदाबीसहित निवेदन दिएको विषयमा सजाय दिइएको हो । उनले २०१३ मा गलत माग अदालतमा निवेदन दिएका थिए ।
यादवले ३ देखि ६ डिसेम्बर २०१३ सम्म चार दिन तिहाड जेलमा सजाय भोगी सकेका छन् । पछि हाईकोर्टको खन्डपीठ अपीलमा उनको निलंबित गरिएको थियो ।
न्यायाधीश एस रवीन्द्र भट्ट र दीपा शर्माको बेञ्चले राजपाल यादवलाई यसअघि दिइएको सजाय यथावत राख्ने फैसला गरेको थियो ।
दिल्लीका व्यापारी एमजी अग्रवालले पाँच करोड रुपैया ऋण फिर्ता गर्न नमानेको भन्दै राजपाल यादव र उनकी पत्नीविरुद्ध कानुनी प्रक्रियामा गएका थिए । – एजेन्सी
- See more at: http://www.sajhapage.us/%E0%A4%95%E0%A4%AE%E0%A5%87%E0%A4%A1%E0%A5%80%E0%A4%AF%E0%A4%A8-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%AA%E0%A4%BE%E0%A4%B2-%E0%A4%AF%E0%A4%BE%E0%A4%A6%E0%A4%B5%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%86/#sthash.dVghgkjB.dpuf
Newer Posts Older Posts Home
Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
  • पूर्वराजा वीरेन्द्र शाहको बंश नाश भएको १५ वर्ष पूरा, हत्याकाण्ड रहस्यकै घेरामा
  • पत्ता लाग्यो तनाव गराउने वंशाणु
  • कमेडीयन राजपाल यादवलाई आत्मसमर्पण गर्न आदेश
  • शिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क राख्नु हुँदैन ? जानी राखौ
  • Pani paryo aasina jharyo cover
Labels
  • amazing
  • beauty
  • business
  • entertainment
  • health
  • news
  • sex
  • sport
  • technology
  • video
Blog Archive
  • ▼  2016 (32)
    • ▼  August (1)
      • श्रावण १९, २०७३- कुनै अप्रत्यासित घटना आइनपरे माओ...
    • ►  June (31)
      • त्यो इराक, यो अफगानिस्तानः त्यस्ता देउवा, यस्ता ओली -
      • नक्कली डाक्टर भन्ने थाहा पाएको भए बिहे नै गर्ने थि...
      • पोर्चुलग भर्सेस अस्ट्रिया, रोनाल्डोको कीर्तिमानी खेल
      • उत्तर कोरियाली शासक किमको मृत्युको खबर, खबर संगै द...
      • पहिरोले मुग्लिन–नारायणगढ सडक अवरुद्ध
      • ओली–भट्टराई घोचपेच देउवा आए, दाहाल आएनन् ...
      • २५ वर्षभित्र समृद्ध नेपाल : भट्टराई
      • शारदाको संघर्ष
      • बढ्दै सम्बन्धविच्छेद
      • मनोरञ्जन संगममय साँझ
      • मेसीको उत्कृष्ट ह्याट्रिकले अर्जेन्टिना विजयी
      • किन पेलिन्छन् निर्माता?
      • संगीतकार अम्बर गुरुङको पार्थिव शरिरलाई प्रज्ञा भवन...
      • अम्बर गुरुङ भेन्टिलेटरमा, अवस्था स्थिर
      • नागरिकलाई बजेट बुझाउन देशव्यापी कार्यक्रम गर्छौ : ...
      • ट्वीलाइट’ कपलको प्याचअप !
      • फेवाको आँधी !
      • मन जित्यो ‘कालो पोथी’ ले
      • पोलिग्राफले यसरी ठम्याउँछ अपराधी
      • कमेडीयन राजपाल यादवलाई आत्मसमर्पण गर्न आदेश
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home