मन जित्यो ‘कालो पोथी’ ले
जेष्ठ २१, २०७३- गत वर्ष भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा क्रिटिक्स विकतर्फ उत्कृष्ट फिल्म घोषित भएपछि ‘कालो पोथी’ दर्शकमाझ बहुप्रतीक्षित बनेको थियो । त्यसो त मीनबहादुर भाम निर्देशित फिल्मले स्क्रिप्टकै कारण छायांकन र पोस्ट प्रोडक्सनका लागि विदेशी फन्ड सहयोग पाएको थियो । बुधबार फिल्मको नेपाल प्रिमियरमा पनि उपस्थित फिल्मकर्मी, सञ्चारकर्मीले ‘कालो पोथी’ लाई ‘अग्र्यानिक फिल्म’ का रूपमा टिप्पणी गरेका छन् ।
निर्देशक अनुप बरालले ‘कालो पोथी’ लाई नेपाली फिल्मको भीडमा बेग्लै स्वादको भनी टिप्पणी गर्दै भनेका छन्, ‘समाजमा घटिसकेको घटनालाई जुन जतन र आधिकारिकतापूर्वक भनिएको छ त्यो लोभलाग्दो छ ।’ उनले फिल्ममा आञ्चलिकताको भरपुर प्रयोग गरिएकोमा खुसी व्यक्त गर्दै थपेका छन्, ‘जुम्लाको कथ्यलाई युनिभर्सल रंगभित्र फिट्न सक्नु फिल्मको सफलता हो ।’
अविनाशविक्रम शाहसँग मिलेर निर्देशक भामले नै तयार पारेको फिल्मले मुगुका दुई बालसखा प्रकाश र किरणको कथा बोकेको छ । माओवादी युद्धको पृष्ठभूमिमा फरक जात र वर्गका दुई साथीले आफ्नो सपना साकार पार्ने उद्देश्यले पालेको कुखुरा हराएपछि खोजीमा निस्कँदा भिडन्तको क्रस फायरमा पर्छन् । फिल्मले पनि द्वन्द्वको बीचबाट अघि बढ्दै मित्रताको कथा बोल्छ ।
‘आजसम्म हेरेकोमा सबैभन्दा उत्कृष्ट नेपाली फिल्म’ भन्दै निर्देशक मनोज पण्डितले
आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । मेडिकेसन फर नेपालले दुर्गममा औषधि पुर्याउने उद्देश्यले सहयोग जुटाउनका लागि ‘कालो पोथी’ सँग मिलेर गाला प्रिमियर गरेको थियो । प्रिमियरमा फिल्मकर्मी, सञ्चारकर्मीदेखि साहित्यकार, बैंकरलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो । फिल्म हेरिसकेपछि लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले भने, ‘विषादी र रासायनिक मल नहालिएको साग आफ्नै बारीबाट टिपेर खाएजस्तो । राम्रो र मौलिक ।’
अर्का निर्देशक रामबाबु गुरुङले पनि ‘कालो पोथी’ हेरेर ‘आनन्द आएको’ प्रतिक्रिया दिएका छन् ।
नायिका केकी अधिकारी पनि फिल्मबाट प्रभावित भइन् । ‘हेरेर आएदेखि त्यही फिल्म घुमिरा’छ । आँखामा पात्र अनि दृश्यहरू आउन छाडेका छैनन् । कति सरल अनि मीठो कथा हेर्न पाइयो,’ उनले आफ्नो फेसबुकमा लेख्दै ‘कालो पोथी’ का कारण आफूलाई नेपाली फिल्म क्षेत्रकी हुनुमा गर्व लागेको बताइन् ।

मुगु सेरोफेरेको भूगोलसँगै त्यहींका खसभाषी नै पात्रका रूपमा फिल्ममा अटाएका छन् । मुख्य पात्रका रूपमा खड्गराज नेपाली र शुक्रराज रोकायसँगै जितबहादुर मल्ल हंश खड्का, नन्दप्रसाद खत्री, बेनिशा हमाल, विपिन कार्की, प्रवीण खतिवडालगायतको अभिनय फिल्ममा देख्न पाइन्छ ।
शुक्रबारदेखि नै देशभरका मल्टिप्लेक्स हलमा रिलिज गरिएको ‘कालो पोथी’ प्रिमियरमै बुधबार नायिका दिया मास्केले टिप्पणी गरेकी छन्, ‘एउटा सुन्दर अग्र्यानिक फिल्म ।’ त्यसो त लेखक अविरल थापाले फेसबुकमै दाबासाथ लेखेका छन्, ‘‘कालोपोथी’ हेर्न नजाने नेपाली फिल्मको दर्शक जिन्दगीभर पछुताइरहन्छ ।’
अर्का निर्देशक प्रचण्डमान श्रेष्ठले पनि ‘कालो पोथी’लाई सुन्दर दृश्यभाषा भन्दै सराहना गरे ।काजकिस्तानका अजिज झाम्बाकिभको सिनेमाटोग्राफी रहेको फिल्ममा जेशन कुँवरले संगीत भरेका छन् । झन्डै डेढ घन्टा लामो फिल्मलाई आठ विदेशी भाषामा सबटाइटल पनि देखाइनेछ । निर्देशक दीपेन्द्र के खनालले प्रिमियरमा फिल्म हेरिसकेपछि सामाजिक सञ्जालमा फिल्मबारे समीक्षात्मक टिप्पणी गर्दै लेखेका छन्, ‘मौलिक कथा अनि मीठो प्रस्तुति ।’ निर्देशक मीनबहादुरले यसअघि
बनाएको सर्टफिल्म ‘बाँसुल्ली’ ले पनि अन्तर्राष्ट्रिय महोत्सवमा प्रशंसा बटुलेको थिय।
बनाएको सर्टफिल्म ‘बाँसुल्ली’ ले पनि अन्तर्राष्ट्रिय महोत्सवमा प्रशंसा बटुलेको थिय।

0 comments
Write Down Your Responses