पोर्चुलग भर्सेस अस्ट्रिया, रोनाल्डोको कीर्तिमानी खेल
असार ४ – पोर्चुगल शनिबार राति युरोकप अन्तर्गत आफ्नो महत्वपूर्ण खेलमा अस्ट्रियासँग खेल्दैछ । राति पौने एक बजे पेरिसमा हुने खेलमा पोर्चुलगलाई अन्तिम १६ मा प्रवेशका लागि यो खेल जित्नु पर्ने हुन्छ ।
समूह एफमा रहेको पोर्चुगल आफ्नो पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएकाले यो खेलमा जित आवश्यक छ । अस्ट्रियाका लागि पनि यो खेल उत्तिकै महत्वपूर्ण छ । अस्ट्रिया पहिलो खेलमा हंगेरीसँग २–० ले हारेको थियो । पेरियामा पोर्चुगिजको बसोबास धेरै रहेकाले पोर्चुगलले दर्शकको साथ बढी पाउने छ ।
फर्नान्डो सान्टोस (पोर्चुगलका प्रशिक्षक)
अस्ट्रिया बलियो टिम हो । फिफा बरियतामा उनीहरु उत्कृष्ट १० भित्र छन्, यसले नै अस्ट्रिया कत्तिको बलियो टिम हो भन्ने स्पष्ट हुन्छ । गएको चार पाँच वर्षमा उनीहरुले आफ्नो फुटबललाई निकास विकास गरेका छन् र स्तर कायम राखेका पनि छन् । उनीहरु एट्किङमा बलिया छन् ।
यस्तै प्राविधिक क्षमता भएका खेलाडी हुनु उसको बलियो पक्ष हो । आइसल्याण्ड भन्दा निकै भिन्न टिमसँग हामी खेल्दै छौं । सबै खेलाडी उत्कृष्ट रहेकाले हामीले जितका लागि अस्ट्रियाको सबै खेलाडीमा निगरानी राख्नु पर्छ । आइसल्याण्डसँगको खेलमा गरेको राम्रो पक्षलाई कायम राखेर भएका गल्तिलाई सुधार गर्ने प्रयास गरेका छौं ।
मार्सेल कोल्लेर (अस्ट्रियाका प्रशिक्षक)
हामीले हंगेरीसँगको हारबाट केही सिकेका छौं । हामीले हंगेरीसँगको खेललाई विश्लेषण गरेर पोर्चुगलसँगको खेलमा त्यसलाई नदोहो¥याउने प्रयासमा हुने छौं ।
यो खेलमा हाम्रा लागि प्रतियोगितामा रहने अवसर हो । पोर्चुगल रोनाल्डोमा मात्रै होइन भन्ने हामीलाई थाहा छ । उसका सबै खेलाडी उत्कृष्ट छन् ।
रोनाल्डोको कीर्तिमानी खेल
रोनाल्डोले यो खेलबाट कीर्तिमान बनाउँदै छन् । रोनाल्डोको यो खेल राष्ट्रिय टिमबाट एक सय २८ औं सहभागीता हो । उनले योसँग लुइस फिगोको कीर्तिमान भंग गर्ने छन् ।


0 comments
Write Down Your Responses