संगीतकार अम्बर गुरुङको पार्थिव शरिरलाई प्रज्ञा भवन लगिँदै, आजै पशुपतिमा अन्त्येष्टि गरिने ३ बजेसम्म श्रद्धान्जलीको लागि प्रज्ञा भवनमा राखिने

जेष्ठ २५, २०७३- मंगलबार बिहान ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका संगीतकार अम्बर गुरुङलाई अस्पतालबाट अन्तिम श्रद्धान्जलीका लागि अस्पतालबाट ९ बजेर ५५ मिनेटमा प्रज्ञा प्रतिष्ठान कमलादी लगिने भएको छ ।
उक्त साइत बौद्ध गुरुहरुले निकालेका हुन् ।  
नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति रहेका गुरुङको पार्थिव शरिरलाई आज ३ बजेसम्म श्रद्धान्जलीको लागि प्रज्ञा भवनमा राखिने भएको छ ।
उनको पार्थिव शरिरलाई तीन बजेपछि हिन्दु धर्म अनुसार नै पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरिने उनका माइला छोरा राजु गुरुङले बताए ।
अस्पताल तथा गुरुङका परिवारले आज गरेको पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले गुरुङको स्वास्थ्य अवस्था औषधीको काबु बाहिर रहेको बताए । उनले भने, 'हामी रोगसँग हार्‍यौं ।'
पाण्डेका अनुसार गुरुङको खाना खुवाउनको लागि जोडिएको पाइप सरेपछि घाउ भएर रगत आउन थालेको थियो । त्यसपछि मुटुको धड्कन कम र ब्लड प्रेसर कम भएको थियो । पाण्डेले भने, 'यो भन्दा पहिला पनि उनको यस्तै अवस्था थियो । तर पहिला औषधीले कम गरेको थियो । तर अहिले गरेन ।'
खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याइएको थियो ।
गुरुङको उपचारमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्रिटिकल केयर मेडिसिनका चेयरम्यान तथा इन्टरनल मेडिसिनका कन्सल्ट्यान्ट फिजिसियन, पल्मोनोलोजी तथा क्रिटिकल केयर विशेषज्ञ प्रा.डा. अर्जुन कार्कीको टिम सँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. बिबेक शर्मा, कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा. राजु पौडेल लगायतका डाक्टरहरु संलग्न थिए ।
सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङले नेपाली संगीत क्षेत्रको उत्थानकोलागि महत्वपूर्ण योगदान दिएका छन् ।
प्रकाशित: जेष्ठ २५, २०७३


0 comments

Write Down Your Responses