नागरिकलाई बजेट बुझाउन देशव्यापी कार्यक्रम गर्छौ : खनाल

जेष्ठ २३, २०७३ 
एमाले बरिष्ठ नेता झलनाथ खनालले बजेटका वारेमा भ्रम छर्ने काम भईरहेको भन्दै यस वारे नागरिकलाई बुझाउन एमालेले देशव्यापी कार्यक्रम गर्ने बताउनुभएको छ ।
एमाले रत्ननगर नगर समितिको चितवनमा आज आयोजीत कार्यक्रममा नेता खनालले देशलाई समृद्धि बनाउने खालको बजेट आएकाले मुलुक आर्थिक विकासको गतिमा अगाडि बढ्ने दाबी गर्नुभयो । उहांले बजेट देश र जनताकालागि सरकारको महत्वपूर्ण कदम भएको समेत बताउनु भयो ।
अर्को प्रसङ्गमा नेता खनालले पार्टी भित्र देखिएको गुट/उपगुटले कसैको भलो नगर्ने भन्दै गुटको राजनीति त्यागेर पार्टीलाई बलियो बनाउने तर्फ सबै कार्यकर्तालाई केन्द्रीत हुन आग्रह गर्नु भयो ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले मंसिरमै स्थानीय निकायको निर्वाचन हुने दाबी गर्नुभयो । उहांले भन्नुभयो, ‘सरकारले घोषणा गरेकै मितिमा स्थानीय निकायको निर्वाचन हुन्छ, एमाले नेतृत्वको सरकारले दलहरुबीच सहमति गराएर निर्वाचन गराउँछ ।’

0 comments

Write Down Your Responses