मेसीको उत्कृष्ट ह्याट्रिकले अर्जेन्टिना विजयी

जेष्ठ २९, २०७३- सुपरस्टार लियोनल मेसीको उत्कृष्ट ह्याट्रिकको मद्दतले कोपा अमेरिकामा अर्जेन्टिनाले पानामालाई ५-० को गोल अन्तरले पराजित गरेको छ ।
अमेरिकाको सिकागोमा नेपाली समयअनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिनी स्ट्राइकर मेसीले २६ मिनेटको बीचमा सानदार तीन गोल गर्दै पानामालाई ५-० को फराकिलो गोल अन्तरले हराउन सक्यो ।
खेलको सुरुदेखि नै पानामालाई दबाबमा राखेको अर्जेन्टिनाले ७ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेको थियो । सातौं मिनेटमा अर्जेन्टिनी खेलाडी ओटामेन्डीले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए ।
३२ मिनेटमा पानामा खेलाडी गोडोयले रातोकार्ड पाएपछि पानामा १० जना खेलाडीमा सिमित भएको थियो । पहिलो हाफमा १-० ले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा पानामा माथि गोलको वर्षा नै गर्‍यो ।
 
खेलको ६८ औं मिनेटमा मेसीले दोस्रो गोल गरे । यो गोल उनको व्यक्तिगत भने पहिलो थियो । त्यसपछि ७८ मिनेट फेरि मेसीले दोस्रो गोल गरे भने अर्जेन्टिनालाई ३-० को अग्रता दिलाउन सफल भए ।
मेसीले खेलको ८७ औ मिनेट ह्याट्रिक गर्दै जितलाई थप मजबुत बनाए भने खेलको ८९ औ मिनेटमा अगुइरोले पाँचौ गोल फर्काए । उनको यो ३३ औ अन्तर्राष्ट्रिय गोल हो । जितसँगै अर्जेन्टिना ६ अंक बटुल्दै समूह डिको शीर्षस्थानमा रहेको छ ।


http://bit.ly/28rqKg0

0 comments

Write Down Your Responses